Logo

जुत्ता ,चप्पल तथा छाला जन्य बस्तुहरुको प्रदर्शनी हुँदै, नेपाली जुत्तामा १५ प्रतिशतसम्म छुट

जुत्ता ,चप्पल तथा छाला जन्य बस्तुहरुको प्रदर्शनी हुँदै, नेपाली जुत्तामा १५ प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोशिएसन नेपालले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने भएको छ । संघले पुस १३ गतेदेखि १९ गतेसम्म आफ्नो १५ औं जुत्ता ,चप्पल तथा छाला जन्य बस्तुहरुको प्रदर्शनी गर्ने भएको हो ।

संघले भृकुटीमण्डपमा गर्न लागेको उक्त प्रदर्शनीमा जम्मा १ सय ४० वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पादकहरु, र यस उद्योगहरु का लागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरु को समेत सहभागीता रहनेछ ।

जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु रहने पनि संघले जानकारी दिएको छ ।

संघले उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलव्ध गराउने व्यक्ती , उद्योगी, उपभोक्ता, उद्योगी र व्यापारी, नीति नियम बनाउने सरकारी निकाय र त्यसलाई पालन गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, संचार क्षेत्रका संचारकर्मी र उद्यमी एकैसाथ एकै ठाउमा भेला गराउनका लागि उक्त प्रदर्शनीको आयोजना गर्न लागेको जानकारी दिएको छ । यस्तै उद्योगहरुले आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रदर्शनी गरि उत्पादन तथा निकासी अभिबृद्धि गर्ने कार्यमा सहयोग पुग्ने आयोजकले अनुमाग गरेको छ ।

‘राष्ट्र समृद्धी को आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मुल नारका साथ हुन लागेको उक्त प्रदर्शनीमा प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुहरुमा १५ प्रतिशत सम्म छुट, शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेश, स्कुल तथा कलेज बाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेश लगायतका ब्यवस्था रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL