Logo

मोबाइल एक्सचेञ्ज मेला मंगलबार सम्म चल्ने, एउटा मोबाईल खरिद गर्दा अर्को सित्तैमा

मोबाइल एक्सचेञ्ज मेला मंगलबार सम्म चल्ने, एउटा मोबाईल खरिद गर्दा अर्को सित्तैमा



काठमाडौं । सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको ‘मोबाइल एक्सचेञ्ज अफर’ मेला मंगलबार सम्म मात्र संचालन हुने भएको छ ।

एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर समेत रहेको मेला मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । यसका साथै त्रिसमस डेलाई लक्षित गरेर मोबाइल हबले एउटा मोबाइल किन्दा अनिवार्य रुपमा एउटा उपहार समेत उपलब्ध गराउने छ ।

मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन ।

९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान खरिद गर्न सकिने छ ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मूल्य पाउनुका साथै एक्सचेन्ज समेत गर्न पाउने भएको हो ।

सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठका अनुसार ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ताबन्दीमा समेत खरिद गर्न सक्नेछन ।

६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL