Logo

ओप्पोले सार्वजनिक गर्याे फाईभ जी प्रोटोटाईप, यस्ता छन विशेषता

ओप्पोले सार्वजनिक गर्याे फाईभ जी प्रोटोटाईप, यस्ता छन विशेषता



काठमाडौं । ओप्पोले आफ्नो फाईभजी प्रोटोटाईप स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चीनको दूरसञ्चार सेवाप्रदायक कम्पनी चाइनामोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा ओप्पोले आफ्नो फाइन्ड एक्स फाईभजी प्रोटोटाइप सार्वजनिक गरेको हो ।

ओपोले डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित, २०१८ चाइनामोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्समा पहिलो पटक फाइन्ड एक्स फाईभजी प्रोटोटाइप सार्वजनिक गरेको हो ।

विश्वभरका आफ्ना औद्योगिक साझेदारहरुसंग सहकार्य गर्दै नयाँ फाईभजी औद्योगिक पर्यावरणको विकास गर्ने ओप्पोले जानकारी दिएको छ ।
ईञ्जिनियरिङ स््याम्पल स्न््यापड्र्यागन ८५५ र एक्स ५०, ५ जीमो डेम सहितको ओपो फाइन्ड एक्स फाईभजी प्रोटोटाइपले अदृतिय फाईभजी पर्फरमेन्स दिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL