Logo

लक्ष्मी ग्रुपले मनायो ४५ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना

लक्ष्मी ग्रुपले मनायो ४५ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना



काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ४५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ ।

ग्रुपले विहिबार एक कार्यक्रमको आयोजना गर्दै रक्तदान, मन्दिर परिषर सरसफाई, बालकालिकाहरुलाई झोला तथा ज्याकेटहरु वितरण तथा विभिन्न भोजन कार्यक्रमहरु आयोजना गरेको हो ।

ग्रुपको पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो जसबाट १ सय ९१ जनाले रक्तदान गर्ने अवसर पाएका थिए ।

यस्तै ग्रुप अन्तरगतको हुण्डाई मोटरर्सको लक्ष्मी इन्टर कन्टिनेन्टलले सूर्यविनायक मन्दिर र वटुक भैरव मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो भने एसजिसिपि नेपालले बालबालिकाहरुलाई स्कूल व्याग र न्यानो ज्याकेटहरु प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL