Logo

चेम्बर अफ कमर्स र भियतनामी लगानीकर्ताबीच भेट, नेपालको जलविद्युतमा लगानी गर्ने

चेम्बर अफ कमर्स र भियतनामी लगानीकर्ताबीच भेट, नेपालको जलविद्युतमा लगानी गर्ने



काठमाडौं । भियतनामका लगानीकर्ताले नेपालको जलबिद्युतमा लगानी गर्न चासो देखाएका छन ।

थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिहरुको छलफलमा उनीहरुले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आफुहरु इच्छुक रहेको बताएका हुन ।

चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामिला सम्बन्धि प्रमुख माइ अन्ह थाइसंगको भेटमा उनीहरुले सो कुरा बताएका हुन ।

साथै सो भेटका क्रममा पर्यटन विकास, पूर्वाधार विकास, बैंकिङ सहकार्य तथा ब्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदान बारे छलफल गरिएको प्रतिनिधीमण्डलमा सहभागी चेम्बरका कार्यसमिति सदस्य निरज राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL