Logo

अन्तत : आन्दोलनकारी लगानीकर्ताको अनसन तोडियो, जुस पिएपछि बढ्ला त बजार ?

अन्तत : आन्दोलनकारी लगानीकर्ताको अनसन तोडियो, जुस पिएपछि बढ्ला त बजार ?



काठमाडौं । विगत ४ दिन देखी अनसनरत बसेका आन्दोलनकारी लगानीकर्ताले अन्तत : अनसन तोडेका छन् । दबाब समुह गठन गरी अनसनमा बसेका लगानीकर्ताले आज जुस पिएर अनसन तोडेका हुन् ।

दबाब समुहका संयोजक हरि ढकाल र तिलक कोइरालाले आज जुस पिएर अनसन तोडेका हुन् । पूँजी बजार सुधार र आम सुरक्षाको लगानीको माग गर्दै गत आईतबार देखी उनीहरु आमरण अनसनमा बसेका थिए ।

तर, अनसनको चौथो दिन वितिसक्दा पनि सरकारले मागहरुलाई सम्बोधन नगरी गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको उनीहरुको आरोप छ ।

आन्दोलनमा उत्रिएका लगानीकर्ताले सरकारले विगत ५ वर्ष देखी लागू गर्ने भनिएको मागहरु तत्काल लागू गर्नुपर्ने, अर्थमन्त्री, धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका अध्यक्षको बर्खास्तीको माग सहित अनसन बसेका थिए ।

तर, सरकारले गठन गरेको पूँजी बजार सुधारसम्बन्धी कथित अध्ययन समितिले नै त्यसलाई व्यवास्ता गरेपछि उक्त मागलाई यथावत राख्दै अनसन तोडेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL