Logo

ओप्पोको आर १७ प्रो सार्वजनिक, बजार मूल्य ९० हजार

ओप्पोको आर १७ प्रो सार्वजनिक, बजार मूल्य ९० हजार



काठमाडौं । मोबाईल ब्रान्ड ओप्पोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ । कम्पनीले आईतबार फस्र्ट सेल कार्यक्रमको आयोजना गर्दै आधिकारिक रुपमा उक्त मोबाईलको बिक्री आरम्भ गरेको हो ।

कम्पनीले उक्त नयाँ मोबाईलमा ९१ दशमलव ५ प्रतिशत ओगट्ने १९.५ः९ एफएचडी+ ६ दशमलव ४ ईञ्च स्क्रिन सहितको आर १७ प्रोमा वाटरड्रप स्क्रिनकोप्रयोग गरिएको छ ।

उपभोक्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभवदिने सोचका साथकम्पनीले फोनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्यभागमा समायोजित गरेको जानकारी दिएको छ ।

फोनको गति र कार्य क्षमतामा तिब्रताका लागि ८ जीबी ¥याम १ सय २८ जीबी रोम सहितको आर १७ प्रो, कोरनिङ गोरिल्ला ग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो ।

कलर ओएस ५ दशमलव २ माआधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न््यापड्र्यागन ७१० प्रोसेसरले शक्तिप्रदान गर्छ ।

कम्पनीका अनुसार नेपालमा यसको मूल्य ८९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL