Logo

हल्लैहल्लामा उकालो लाग्दै सेयर बजार, लगानीकर्ताहरुबीच दूरी बढ्दै

हल्लैहल्लामा उकालो लाग्दै सेयर बजार, लगानीकर्ताहरुबीच दूरी बढ्दै



काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले सेयर बजार सुधार तथा उच्च ब्याजदर न्युनिकरणका लािग समिति गठन गरेसँगै उकालो लागेको बजार साताको अन्तिम दिन पनि ७ दशमलव ६० अंकले उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले प्रतिवेदन नबुझाउँदै विभिन्न बहानामा बजारमा चलखेल सुरु भएको छ । समितिमा सेयर बजारको विषयमा नेपाल इन्भेष्टरर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल र ब्याजदरको विषयमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानालाई जिम्मा दिएको थियो ।

तर, अन्य लगानीकर्ता सम्बन्धी संघसंस्था तथा अनसनमा बसेका लगानीकर्ताले पौडेलेको सहभागितालाई नस्वीकारेपछि यसले तत्काल निकास नपाउने भएको छ भने लगानीकर्ताहरुबीच दूरी बढ्दै गएको छ । पौडेलेको प्रतिनिधित्वलाई अनसनमा बसेका तथा अन्य लगानीकर्ता सम्बन्धी संघसंस्थाले नस्वीकार्ने तथा फोरमले आफ्नै संस्थाका उपाध्यक्ष छोटेलाल रोनियारलाई ब्रोकरको माग अनुरुप कारबाही गर्न ग्रीन सिग्नल दिने जस्ता कारणले पनि लगानीकर्ताहरुबीच दरार पैदा भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

कार्यदलले शुक्रबार अर्थ मन्त्रीलाई सेयर बजार सुधार तथा व्याजदर न्यूनिकरणका लागि सुझाव पेश गर्ने भएपनि त्यसलाई अन्य संघसंस्थाले नस्वीकार्ने भएपछि सेयर बजारमा थप अन्यौलता आउने देखिएको एक लगानीकर्ताले जानकारी दिए ।

पछिल्लो समय ब्रोकरको मार्जिन ल्याण्डिङ्को सुविधाका कारण सेयर बजारमा लगानीयोग्य पूँजी आउने, तथा अन्य सुधारका कार्य हुने भन्दै बजारमा केही हलचल आएको छ ।

सोही अनुरुपमा साताको अन्तिम दिन पनि उकालो लागेको बजारमा धेरैजसो समुहका परिसुचक उकालो लागेका छन् । जसमा निर्जीवन बीमा समुहको परिसुचक ६५ अंकले उकालो लागेको छ भने जीवन बीमा समुहको परिसुचकमा ३० अंकको वृद्धि भएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ८ दशमलव ५५ अंकले उकालो लागेको छ । बिहीबार माईक्रोफाइनान्स समुहको परिसुचक ११ दशमलव ६१ अंकले बढ्दा विकास बैंक ८ दशलमव ८७ अंक र जलविद्युत समुहको परिसुचक ८ दशमलव ८ अंकले उकालो लागेको छ ।

तर, बजारमा होटल, फाइनान्स र अतिरिक्त समुहको परिसुचकमा गिरावट आएको छ । बिहीबार उकालो लागको बजारमा कारोबार रकममा भने सुधार आउन सकेको छैन । दिनभर कुल ३२ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

जसमा १ सय ५४ कम्पनीको ९ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बजारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL