Logo

अशोक लेल्यान्डका गाडीहरु पोखरामा पनि उपलब्ध, आइएमई मोटर्सले खोल्यो शाखा

अशोक लेल्यान्डका गाडीहरु पोखरामा पनि उपलब्ध, आइएमई मोटर्सले खोल्यो शाखा



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई मोटर्स प्रालिले अशोक लेल्यान्डको नयाँ शाखा पोखरामा संचालनमा ल्याएको छ । कम्पनीले शुक्रबार पोखरास्थित स्वागतनगर चाउथे मा उक्त शाखा संचालनमा ल्याएको हो ।

कम्पनीले उक्त शाखा सुविधा सम्पन्न सेटअप भएको र अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी दिएको छ ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL