Logo

आजैदेखि एमजी एक्सचेन्ज अफर, कार एक्सचेन्जको सुविधा

आजैदेखि एमजी एक्सचेन्ज अफर, कार एक्सचेन्जको सुविधा



काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज)ले एमजी एक्सचेन्ज अफर सुरु गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि आजैदेखि उक्त अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार उक्त अफर मंसिर २३ गते अर्थात आईतबारसम्म चल्नेछ । ‘कम एंड अपग्रेड टु अ बेटर ड्राइभिंग एक्सपीरियंस’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको उक्त कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

एमजीका हरेक मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको कम्पनीले जारी विज्ञप्तीमा उल्लेगख गरेको छ । अभियानले ग्राहकलाई एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, आकर्षक छुट ( डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।

एमजी एक्सचेन्ज अफरले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL