Logo

नेपालमा रेनल्टका २५ सय ग्राहक पुगे, कम्पनीले आयोजना गर्याे कार्यक्रम

नेपालमा रेनल्टका २५ सय ग्राहक पुगे, कम्पनीले आयोजना गर्याे कार्यक्रम



काठमाडौं । कार कम्पनी रेनल्टका नेपालमा २ हजार ५ सय ग्राहक पुगेका छन ।

कम्पनीले २ हजार ५ सय जना ग्राहक पुगेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीले नेपालमा हालसम्म आफ्ना विभिन्न उत्पादनहरु नेपाली ग्राहकलाई बेचेको छ । यस्तै कम्पनीले बिहीबार आफ्नै भवन नक्सालस्थित उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बिहीबार रेनल्टको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटोमोवाईलले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कम्पनीका उपाध्यक्ष थोमस डुब्रेलले एक ग्राहकलाई कारको चावी हस्तान्तरण गर्दै नेपालमा रेनल्टले अझै व्यापार विस्तार गरिने समेत जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL