Logo

तामाकोशीको सर्वसाधरण सेयर आज बाँडफाँड, सवै आवेदकलाई न्युनतम ४० कित्ता

तामाकोशीको सर्वसाधरण सेयर आज बाँडफाँड, सवै आवेदकलाई न्युनतम ४० कित्ता



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक सेयर आज बाँडफाँड हुने भएको छ । आजै बाँडफाँड हुने सेयर न्युनतम ४० र अधिकतम ५० कित्ता पर्ने सम्भावना रहेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले सर्वसाधारणका लागि बिक्री खुलाइएको १५ दिनपछि कम्पनीको सेयर बाँडफाँट हुने भएको हो । कम्पनीले कात्तिक १५ देखि २१ गतेसम्मका लागि बिक्री खुलाएको उक्त सेयरको लागि ३ लाख १७ हजार जनाको आवेदन परेकामा करिब ६ हजार भन्दा बढी आवेदन रद्द भएको आयोजनाले जानकारी दिएको छ ।

कम्पनीले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ बाँडफाँड गर्न लागेको हो । आयोजनाले बिक्री खुलाएको उक्त सेयरको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेका छन ।

आयोजनाले आवेदन खुलेको एक हप्ता भित्रै सेयर बाँडफाँड गर्ने भनिएता पनि दोहोरो आवेदन परेकाले बाँडफाँडमा केही ढिलाई भएको श्रेष्ठले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL