Logo

सामसुङको नयाँ सेवा केन्द्र भक्तपुरमा, सेवा केन्द्रको संख्या १५ पुग्यो

सामसुङको नयाँ सेवा केन्द्र भक्तपुरमा, सेवा केन्द्रको संख्या १५ पुग्यो



काठमाडौं । सामसुङले आफ्नो १५ औं सेवाकेन्द्र भक्तपुरमा संचालनमा ल्याएको छ । कम्पनीको आईएमएस केयरले उक्त सेवा केन्द्र भक्तपुर मोबाईल कम्प्लेक्समा संचालनमा ल्याएको हो ।

नेपालभर १४ ओटा सेवाकेन्द्र भएको आईएमएस केयरको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ ईलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक युबियम वोन, आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा तथा सामसुङ ईलेक्ट्रोनिक्सका जुङसिक योले गरेकाका हुन ।

कार्यक्रममा बोल्दै ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै मुख्य उदेश्य रहेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL