Logo

जस्मिन पेन्ट्सले पायो अन्तर्राष्ट्रिय पुरस्कार, क्वालिटी र इन्नोभेसनमा गोल्ड अवार्ड

जस्मिन पेन्ट्सले पायो अन्तर्राष्ट्रिय पुरस्कार, क्वालिटी र इन्नोभेसनमा गोल्ड अवार्ड



काठमाडौं ।जस्मिन पेन्ट्सले इन्टरनेशनल विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड पाएको छ । क्वालिटी, इन्नोभेसन र लिडरसीपमा उत्कृष्ट रहेको भन्दै जस्मिनलाई लण्डनमा विडले गोल्ड अवार्ड दिएको हो ।

लण्डनमा एक कार्यक्रमबीच विडका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जोसे इ प्रिइटोले कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्याललाई उक्त अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा विडले अर्यालललाई अवार्ड र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

तस्बिरः अर्यालको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
MBL