Logo

हुन्डाई प्रिसियस मुमेन्टको विजेता घोषणा, १ जोडीले जिते चितवनमा ३ दिनको बसाई

हुन्डाई प्रिसियस मुमेन्टको विजेता घोषणा, १ जोडीले जिते चितवनमा ३ दिनको बसाई



काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले डिजिटल क्याम्पियन ‘हुन्डाई प्रिसियस मुमेन्ट’ को विजेता घोषणा गरेको छ ।

कम्पनीले बिहीबार थापाथलीस्थित आफ्नै शोरुममा लक्की ड्र मार्फत, तारिक मानान्धर , सुधिर एसजेबी राणा र अमित बनमालालाई बिजेता घोषणा गरको हो । उक्त प्रतियोगिता १४ अक्टोवर देखि १६ नोभेम्वर, सम्म आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

परिवारको अमूल्य क्षणहरु समेट्नको लागि हुन्डाई मोर्टस्ले यो प्रतियोगिता आयोजना गरेको थियो । यो प्रतियोगितामा भाग लिनको लागि सहभागिहरुले आफ्नो परिवार तथा मित्रजनहरुसँग अमूल्य क्षणहरु कैद गरी हुण्डाई मोट्र्सको आधिकारीक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने थियो, जस मध्ये लक्की डंं« मार्फत बिजेता घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतियोगिता अन्तर्गत तारिक मानान्धरले प्रथम पुरस्कारमा एक जोडिको लागि २ रात ३ दिनको कसारा रिसोर्ट, चितवनमा बसाई जित्न सफल भएका छन त्यस्तेै दोस्रो पुरस्कारमा सुधिर एसजेबी राणाले कुलप्याड कुल १ र अमित बनमालाज्यूले तेस्रो पुरस्कारमा मकुलप्याट मेगा जितेका हुन । प्रतियोगितामा ५ सय सहभागिहरुले भव्य रुपमा सहभागिता जनाएका पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL