Logo

दोहोरो अंकले घटेको बजारमा ३३ करोडको कारोबार, कसले किन्यो नेपाल बैंकको १४ करोडको सेयर

दोहोरो अंकले घटेको बजारमा ३३ करोडको कारोबार, कसले किन्यो नेपाल बैंकको १४ करोडको सेयर



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजारमा अन्तिममा नेप्से परिसुचक १० दशमलव १४ अंकले घटेर बन्द भएको छ ।

दोहोरो अंकले घटेको बजारमा व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४९ अंकले घटेको छ भने निर्जीवन बीमा समुहको परिसुचकमा ३० अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि १० दशमलव १६ अंकले गिरावट आएको छ । यस्तै विकास बैंक समुहको परिसुचक साढे ९ अंकले घट्दा माईक्रोफाइनान्स ८ दशमलव ८८, जलविद्युत १२ र अतिरक्ति समुह ७ अंकले घट्न पुगेको छ ।

आईतबार नेप्से परिसुचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने सुधार आएको छ । नेपाल बैंकको सेयर उच्च कारोबार हुँदा नेप्सेमा ३३ करोड ३७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आईतबार लगानीकर्ताले नेपाल बैंकको सेयर घटाएर १४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् । सो बैंकको ठूलो हिस्सा भन्दा पनि थोरै परिमाणमा धेरै लगानीकर्ताले कारोबार गरेका छन् । नेपाल बैंकको आईतबार धेरैजसो ब्रोकर कम्पनीबाट सेयर खरिदबिक्री भएको छ । तर, ४ नम्बर ब्रोकरले नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL