Logo

१६औं हस्तकला ब्यापार मेला आजबाट शुरु, विदेशीले लैजाने हस्तकला सामग्रीको तथ्याङक राखिने

१६औं हस्तकला ब्यापार मेला आजबाट शुरु, विदेशीले लैजाने हस्तकला सामग्रीको तथ्याङक राखिने



काठमाडौं । १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आजबाट शुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको सो मेलालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकलाको निर्यातको तथ्याङक राख्नु पर्ने बताएका छन ।

नेपाली बजारबाट विदेशिले लैजाने हस्तकलाका सामग्रीमा मूल्य अभिबृद्धिकर फिर्ता गराउने भन्ने अहिले छलफलमा रहेको जानकारी दिएका छन । जति सकिन्छ त्यतिनै कार्वान्वयनमा ल्याउने समेत उनले बताएका छन । साथै विदेशीले लैजाने सामग्रीको सही तथ्याङक राख्न समेत सुझाव दिएका छन ।

अहिले अनुमानित तथ्याङक राखेको भन्दै उनले सहि तथ्याङक राख्न सुझाव दिएका हुन । हस्तकलाका बौद्दिक ढाँचाहरुमा सिपहरुलाई सुरक्षित राख्न सम्पदाहरुलाई जोगाईराख्न ऐनलाई समसोधन गर्न लागेको जानकारी दिँदै थप केही सम्बोधन गर्नु पर्ने भए सुझाव ल्याउन समेत हस्तकला महासंघलाई आग्रह गरेका छन ।

त्यस्तै डा. खतिवडाले हस्तकलाका ब्यवसायीले उत्पादन गरेका सामग्रीलाई बजार सम्म ल्याउन तथा कला कौसललाई निरन्तरता दिन र जनशक्ती विकाश गर्दै लानु पर्ने र सोका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका छन ।

उनले भुकम्पबाट ध्वस्त भएका संरचनाहरुलाई जस्ताको तस्तै बनाउन दक्ष जनशक्तीको अभाव भएको भन्दै दक्ष जनशक्ती निर्माण गर्न संस्थागत रुपमा तालिम केन्द्र बनाउन सरकारले पनि सहयोग गर्ने बताएका छन ।

त्यस्तै सोही कार्यक्रमको अवसरमा ललितपुर महानगरपालिकालाई वल्ड क्राफ्ट सिटीको घोषणा गरेका छन । विश्वको १६ वटा शहर पछि १७ औं शहरको रुपमा महानगरपालिकालाई वल्ड क्राफ्ट सिटीको रुपमा घोषणा गरेको डा. घाडा हिजामी कडामीले जानकारी दिएकी छिन ।

५ दिन सम्म चल्ने सो मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान लगायतका देशबाट सहभागि भएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL