Logo

इन्डिया ईन्टरनेश्नल फेयर २०१८ मा नेपालको सहभागिता, व्यापारघाटा न्युनिकरणमा पुग्ला सहयोग

इन्डिया ईन्टरनेश्नल फेयर २०१८ मा नेपालको सहभागिता, व्यापारघाटा न्युनिकरणमा पुग्ला सहयोग



काठमाडौं । आगामी नोबेम्बर १४ देखी २७ तारिक सम्म हुने इन्डिया ईन्टरनेशनल फेयर २०१८ मा सहभागि हुन नेपालले आफ्नो तयारी पुरा गरेको छ ।

नेपालको प्रभावकारी सहभागिताको लागि नेपाली उद्यमी ब्यवसायिहरुको सहभागिता भई सो मेलामा नेपालको सहभागिता रहने छ । भारतको राजधानी नयाँ दिल्लीको प्रगति मैदानमा हुने सो मेलामा नेपालका १० वटा फर्महरुले सहभागिता जनाउने भएको छ ।

भारत स्थित नेपाली राजदुतावासको सहजिकरणमा सो ब्यापार मेलामा नेपालले हस्तकलाका बस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरण गर्ने छ । सो मेलामा नेपालले पश्मिना, तयारी पोसाक, हातेकागजका सामग्री, ढाका कपडा लगायतका वस्तुको मुख्य प्रदर्शनी तथा बिक्री वितरण गर्ने उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ ।

सो मेलाको अवसरमा बी २ बी बैठक तथा सांस्कृतिक कार्यक्रम तथा नेपाल भारत ब्यापार लगानी विषयमा जी २ जी स्तरमा समेत छलफल हुने भएको छ ।

सो मेलाको सहभागिताले नेपाल भारत ब्यापार तथा लगानी प्रवद्र्धन, निकासी योग्य वस्तुको बजारीकरण तथा मेलाबाट दुई देशको बढ्दो ब्यापार घाटा कम गर्न सहयोग पुग्ने नेपालले अपेक्षा गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL