Logo

आइएमई लिमिटेड र पल्पसा क्याफेबीच सम्झौता, कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशत छुट

आइएमई लिमिटेड र पल्पसा क्याफेबीच सम्झौता, कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशत छुट



काठमाडौं । आइएमई लिमिटेड र पल्पसा क्याफेबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई उक्त क्याफेमा १५ प्रतिशत छुट पाउने भएको छ ।

ग्राहकले क्याफेमा सुविधा लिन भने आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनु पर्नेछ ।

आइएमई लिमिटेडका ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र क्याफेका प्रोपाइटर रिवाज शाहले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौताको अवधि २ वर्षको रहने छ ।

लिमिटेडले हाल १ सय ८४ शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL