Logo

तिहार नजिकिँदै गर्दा नेप्सेमा दोहोरो अंकको गिरावट, संस्थापक सेयरले बढायो कारोबार

तिहार नजिकिँदै गर्दा नेप्सेमा दोहोरो अंकको गिरावट, संस्थापक सेयरले बढायो कारोबार



काठमाडौं । तिहार निजिकिँदै गर्दा नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १३ दशमलव ७० अंकले घट्न पुगेको हो ।

दोहोरो अंकले घटेको बजारमा अतिरिक्त बाहेर सबै समुहका परिसुचक घट्न पुगेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ८७ दशमलव ५२ अंकले घटेको छ भने निर्जीवन बीमा समुहको परिसुचकमा ६५ अंकको गिरावट आएको छ ।

यसैगरी नेप्से परिसुचकमा बाहुल्यता रहेको बैकिङ समुहको परिसुचकमा पनि दोहोरो अंकको गिरावट आएको छ । बैंकिङ समुहको परिसुचक १७ दशमलव १९ अंकले घट्दा विकास बैंक ७ र माइक्रो फाइनान्स समुहका परिसुचक साढे ८ अंकले घट्न पुगेको छ ।

आईतबार संस्थापक सेयर खरिदबिक्री हुँदा बजारमा कारोबार रकम बढ्न पुगेको छ । कुल ५६ करोड ४७ लाख रुपैयाँको कारोबार भएको बजारमा संस्थापक सेयरको हिस्सा साढे २७ करोड रुपैयाँभन्दा बढीको रहेको छ ।

जसमध्ये सबैभन्दा बढी माच्छापुच्छ्रे बैंकको १६ करोड ५६ लाख रुपैयाँको संस्थापक सेयरको खरिदबिक्री हुँदा नेरुडे लघुवित्तको ११ करोड रुपैयाँको खरिदबिक्री भएको छ ।

यसैगरी पब्लिक सेयरतर्फ सबैभन्दा बढी प्रभु बैंकको ४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL