Logo

साताको अन्तिम दिन नेप्सेमा सामान्य गिरावट, कारोबार रकमले पनि दिएन साथ

साताको अन्तिम दिन नेप्सेमा सामान्य गिरावट, कारोबार रकमले पनि दिएन साथ



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तिम समयमा शुन्य दशमलव ४८ प्रतिशतले घट्न पुगेको हो ।

घट्दो बजारमा कारोबार रकमले पनि साथ छाडेको छ । बिहीबार २४ करोड ६७ लाख रुपैयाँको कारोबार हुँदै बजार बन्द भएको छ । जसमा १ सय ६० कम्पनीको ७ लाख ८२ हजार कित्ता सेयर कारोबार भए । जसमा आजैमात्र १४ प्रतिशत नगद लाभांश घोषणा गरेको सानिमा बैंकको २ करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सामान्य ओरालो लागेको बजारमा बैंक, जलविद्युत, उत्पादनमुलक र अतिरिक्त समुहको परिसुचक घटेका छन् । तर, बीमा, विकास बैंक, फाइनान्स, लघुवित्त समुहको परिसुचक भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL