Logo

एलजीले नेपाली बजारमा ल्यायो बोलेरै नियन्त्रण गर्न सकिने टिभी, बजार मूल्य साढे ९ लाख

एलजीले नेपाली बजारमा ल्यायो बोलेरै नियन्त्रण गर्न सकिने टिभी, बजार मूल्य साढे ९ लाख



काठमाडौं । ईलेक्ट्रोनिक्स ब्रान्ड एलजीले नेपालमा ७५ इन्चको आवाजबाटै नियन्त्रण हुने युएचडि टिभी भित्र्याएको छ ।

कम्पनीका अनुसार उक्त टिभीमा क्वाड कोर प्रोसेसर, वेव, अपरेटिङ सिस्टम, म्याजिक मोसन रिमोट कन्ट्रोल, फोरके युएचडी डिस्प्ले लगायतका सुविधा रहेका छन ।

उक्त विशेषता मार्फत टिभीले प्रयोगकर्ताहरुलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न अनुमति दिन्छ । माइक्रो बटन थिच्नुहोस र सूचनाको लागि सोध्नुहोस, जस्तै मौसमको पूर्वानुमान, अन्तिम स्पोर्ट् अंकहरु गुगल एसिस्टेन्टको मद्दतले आफ्नो आवाजले टिभी लाई नियन्त्रण गर्न सकिने जस्ता सुविधा रहेका छन ।

कम्पनीका अनुसार उक्त टीभीको नेपाली बजार मूल्य भने ९ लाख ४० हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । तिहारको उपलक्ष्यमा उक्त टिभीमा भारी छुटका साथै एलजी को एसजेफोर स्पिकर उपहार स्वरुप दिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL