Logo

‘चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो’ मा सहभागी हुँदै नेपाल, नेपाली उत्पादनको प्रवर्द्धन

‘चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो’ मा सहभागी हुँदै नेपाल, नेपाली उत्पादनको प्रवर्द्धन



काठमाडौं । चाईना इन्टरनेशनल इम्पोर्ट एक्स्पोमा नेपालले सहभागिता जनाउने भएको छ ।

यहि कात्र्तिक १९ गतेदेखि २४ गतेसम्म चीनको सांघाईमा हुने एक्स्पोमा नेपालले विभिन्न उद्योगहरुबाट उत्पादन भएका बस्तु तथा सामानहरु प्रदर्शनीमा राख्ने भएको हो ।

चिनमा प्रथपपटक आयोजना हुन लागेको उक्त मेलामा विश्वका १ सय ३० देशको सहभागिता र ८० देशको कन्ट्री प्याभिलियन रहने भएको हो । साथै उक्त मेलामा १ लाख ५० हजार संस्थागत खरिदकर्ताहरुले अवलोकन गर्ने पनि बताईएको छ ।

मेलामा आयोजकले नेपालका लागि निशुल्क उपलब्ध गराएको कन्ट्री प्याभिलियनमा केन्द्र सहित नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका व्यवसायीक संस्थाहरु जस्तै नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ आदिको सहभागिता रहनेछ ।

साथै ब्यवसायीक सहभागितामा नेपाली फेल्ट तथा उनिजन्य बस्तुहरु, नेपाली तयारी पोशाक, हस्तकलाका सामानहरु, नेपाली चिया आदिको प्रदर्शन गरिने नेपाल सरकार ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ । उक्त मेलाले नेपाल र चीनबीचको मैत्रिपुर्ण सम्बन्धमा थप योगदान पुग्ने बताईएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL