Logo

संसारको सबैभन्दा ठुलो सेल डे ११.११ नेपाल ल्याउँदै दराज, यस्ता छन सुविधा

संसारको सबैभन्दा ठुलो सेल डे ११.११ नेपाल ल्याउँदै दराज, यस्ता छन सुविधा



काठमाडौं । अनलाइन मार्केट दराजले नेपालमा पहिलो पटक संसारको सबैभन्दा ठुलो सेल डे ११.११ ल्याउने भएको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नोभेम्वर ११ तारिखका दिन नेपालमा उक्त सेल डे मनाईने जानकारी दिएको हो ।

दराजको अभिभावक कम्पनी, अली बाबाले यसलाइ ब्ल्याक फ्राइडेको एशियालीे स्वरुपमा अवस्थित गरायो । दश वर्षको द्रुत गती पछि ११।११ सेल नेपालको यात्रामा आउन लागेको हो ।

ब्ल्याक फ्राइडे भन्दा चार गुणा ठूलो रहेको यस एक दिने उत्सवको बिक्री आँकडा अतुलनिय रहेको कम्पनीको भनाई छ । ग्राहकहरुले ठूलो छुट अफर, फ्ल्यास सेल्स, हजारौ ब्राण्ड भौचरहरु, मिस्ट्री बक्स् र अन्य उपहारहरुका साथै पुर्ण व्यक्तिगत शपिङ्ग अनुभव गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ दराज एपमा हुने यस एक दिने सेल उत्सव ई(कमर्श कम्पनी मध्ये अहिले सम्मको सबैभन्दा ठूलो सेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL