Logo

सिजी इलेक्ट्रोनिक्सको हातखाली नजाने अफर, ६५ इन्च टिभीको मूल्य २ लाख ६७ हजार

सिजी इलेक्ट्रोनिक्सको हातखाली नजाने अफर, ६५ इन्च टिभीको मूल्य २ लाख ६७ हजार



काठमाडौं । एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्सले हातखाली नजाने अफर ल्याएको छ ।

एलजीले दशैं केन्द्रित गर्दै ५५ र ६५ इन्चको युएचडी टिभीको माग बढ्दै गए पछि टिभीको साथमा हात खाली नजाने उपहार ल्याएको जानकारी दिएको छ ।

सिजीले बजारमा ५५ र ६५ इन्च र ४९ र ४३ इन्चको युएचडी टिभीको माग अत्याधिक रहेको जनाएको छ ।

उक्त टिभीहरुमा फोरके पिक्चर डिस्प्ले –फुल एचडी भन्दा ४ गुणा स्तरीय पिक्चर, कम्प्युटरको माउस जसरी चलाउन सकिने म्याजिकमोसन रिमोट कन्ट्रोल, फ्रि नेट टिभी. विना तार र सेटअप बक्स ३ महिना सम्म फ्रिमा नेट टिभी चलाउन सकिने भएकाले पनि बजार माग बढेको सिजी इलेक्ट्रोनिक्सले जानकारी दिएको छ ।

६५ इन्चको बजार मूल्य २ लाख ६७ हजार ९ सय ९० रुपैयाँ, ५५ इन्चको १ लाख ६१ हजार ९ सय ९० रुपैयाँ, ४९ इन्चको १ लाख ३७ हजार, ९ सय ९०रुपैयाँ र ४३ इन्चको ८८ हजार, ९ सय ९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL