Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि, घट्दै कारोबार रकम

नेप्सेमा दोहोरो अंकको वृद्धि, घट्दै कारोबार रकम



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । बजार खुलेको केही समय घटेर उकालो लागेको बजार अन्तमा ९ दशमलव ९५ अंकले बढेको हो ।

बिहीबार बजारमा उत्पादनमुलक र होटल बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ४९ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि दोहोरो अंकको वृद्धि भएको छ । बैंकिङ समुहको परिसुचक १२ दशमलव २७ अंकले बढ्दा विकास बैंक समुहको परिसुचकमा पनि ११ दशमलव ८८ अंकले उकालो लागेको छ । बिहीबार माईक्रोफाइनान्स, जलविद्युत तथा फाइनान्स समुहका परिसुचकमा सामान्य वृद्धि भएको छ ।

पछिल्लो समय नेप्से परिसुचक उकालो लागेपनि कारोबार रकम भने दैनिक रुपमा घटिरहेको छ । सोही अनुरुप बिहीबार पनि जम्मा २५ करोड २२ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भए । जसमा ५ वटा कम्पनीको मात्र १ करोड रुपैयाँ माथीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL