Logo

विश्वज्योतीमलको दशैँ तिहार अफर योजना, उपहारमा स्कुटी देखि दुबई टुर सम्म

विश्वज्योतीमलको दशैँ तिहार अफर योजना, उपहारमा स्कुटी देखि दुबई टुर सम्म



काठमाडौं । काठमाडौमा रहेको विश्वज्योती मलमा ‘दशैँ तिहार सुपर अफर सुपर छुट’ योजना शुरु भएको छ ।

अफर अनुसार मलमा सामान खरिद गर्ने सेवाग्राहीले २५ प्रतिशतसम्म छुट पाउने भएका छन । उक्त अफर असोज २१ गतेदेखि कात्तिक ३० गते सम्म चल्ने मलले जानकारी दिएको छ ।

मलमा एक हजार रुपैयाँ भन्दा माथिको सामान खरिदमा ग्राहकले एउटा कुपन प्राप्त गर्नेछन भने सोही कुपनको आधारमा लक्कि ड्र गरी साप्ताहिक रुपमा विभिन्न उपहार प्रदान गरिनेछ ।

उक्त लक्कि ड्र मार्फत एक जनाले बम्पर उपहारमा टिभिएसको जुपिटर स्कुटर जित्ने मौका पाउनेछन भने भाग्यशाली विजेताले दुबई भ्रमणको अवसर समेत पाउने भएको छ ।

मलका अनुसार साप्ताहिक उपहारमा गोदरेजको वाशिङ मेशिन, रेफ्रिजेनेटर, टिभी, माइक्रोओभन, मोबाइल लगायतका उपहार पाउन सक्नेछन ।

मलमा ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानलगायतका स्टोरहरु संचालनमा रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL