Logo

सीटीसी मोबाइल हबमा मोबाइल मेला, ६० प्रतिशत सम्म छुट

सीटीसी मोबाइल हबमा मोबाइल मेला, ६० प्रतिशत सम्म छुट



काठमाडौं । सिभिल ट्रेड सेन्टर (सीटीसी) ले बिहीबार देखि मोबाईल मेला गर्ने भएको छ । सुनधारा स्थित सीटीसी मलको भुई तल्लामा बिहीबारदेखि संचालनमा आउन लागेको सिटिसी मोबाइल हबले विशेष छुट सहित मोबाइल मेला संचालन गर्ने भएको हो ।

औपचारिक सुरुवात सँगै मोवाइल हबले असोज ३१ गते सम्म दशैको धमाका मोबाइल मेला संचालन गर्न लागेको हो । दशै धमाकामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशत सम्म छुट पाउने भएका छन । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर समेत भएको मलले जानकारी दिएको छ ।

मोबाइल हबमा सुन्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ भने एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल एक्सचेन्ज गर्न समेत सकिने आयोजकले जानकारी दिएका छन ।

सो मेलामा २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध हुनेछन । एमआइ, आइफोेन, सामसुङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया लगायतका रहेको आयोजकले जानकारी दिएको छ ।

उक्त मोबाईल हबमा ६० मिनेटमै मोबाइल मर्मत, एक्सचेञ्ज र टच एण्ड फिल जोनको सुबिधा समेत उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL