Logo

सेयर बजारमा ६ अंकको वृद्धि, माच्छापुच्छ्रे बैंकले थेगेको कारोबार

सेयर बजारमा ६ अंकको वृद्धि, माच्छापुच्छ्रे बैंकले थेगेको कारोबार



काठमाडौं । सोमबार नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेको केही समय सामान्य ओरालो लागेको नेप्से परिसुचक अन्तमा ६ दशमलव १६ अंकले उकालो लागेको हो ।

सोमबार नेप्से परिसुचक उकालो लागेपनि कारोबार रकम भने बढ्न सकेन । अघिल्लो हप्तादेखि ओरालो लागेको कारोबार रकममा आज ३७ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ ।

बजारमा माच्छापुच्छ्रे बैंकको ९ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा कारोबार रकम बढ्न पुगेको हो । सोमबार समग्र नेप्से परिसुचक उकालो लाग्दा अन्य कम्पनीको कारोबार रकममा भने सुधार आउन सकेन । बजारमा एनआईसी एसिया बैंकलगायत ४ कम्पनीको कारोबार १ करोड रुपैयाँभन्दा माथी हुँदा अन्य कम्पनीले भने १ करोडको टार्गेट छुन सकेनन् ।

सोमबार अतिरिक्त र जीवन बीमा बाहेक अन्य कम्पनीको परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल समुहको परिसुचक ४८ अंकले बढेको छ भने निर्जीवन बीमा समुहको परिसुचक पनि ३० अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ७ दशमलव ६१ अंकले बढ्दा विकास बैंक १२ र उत्पादनमुल समुहको परिसुचक १३ अंकले बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL