Logo

ताम्राकार कम्प्लेक्सले दशैं मोबाइल मेला आयोजना गर्दै, मोबाइल खरिदमा ६० प्रतिशतसम्म छुट

ताम्राकार कम्प्लेक्सले दशैं मोबाइल मेला आयोजना गर्दै, मोबाइल खरिदमा ६० प्रतिशतसम्म छुट



काठमाडौं । ताम्राकार कम्प्लेक्सले दशैं तिहारको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । कम्प्लेक्सले असोज २३ गतेदेखि उक्त मेला आयोजना गर्ने भएको हो ।

मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ र ताम्राकार कम्प्लेक्सले उक्त मेलाको आयोजना गर्न लागेका हुन ।

उक्त मेला अन्तरगत ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट पाउने आयोजकले जानकारी दिएको छ ।

यस्तै मेलामा मोबाईल किन्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड पनि निशुल्क पाउने छन ।

ताम्राकार कम्प्लेक्सले मेलाको अवधिभर बिक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL