Logo

चाबहिल प्लाजाले संचालनमा ल्यायो दशैं कार्निभल, बम्पर उपहारमा बाईक

चाबहिल प्लाजाले संचालनमा ल्यायो दशैं कार्निभल, बम्पर उपहारमा बाईक



काठमाडौं । चाबहिल प्लाजाले दशैं कार्निभल योजना संचालनमा ल्याएको छ । विजयादशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहार सहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो ।

असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजना अन्तर्गत चाहबिल प्लाजामा १ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्तिाहिक रुपमा उपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनरको १ सय सिसिको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जानकारी दिएको छ ।

प्लाजामा रहेका पसलहरुबाट १ हजार रुपैयाँ सम्मको खरिदमा ग्राहकले साप्ताहिक रुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जानकारी दिएको छ । उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन तथा सपिङ भौचर समेत जित्न सक्नेछन् ।

कार्निभल योजना कात्तिक २० गतेसम्म संचालन हुने पनि प्लाजाले जानकारी दिएको छ ।
उक्त अवधिभर दैनिक रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि संचालन हुने प्लाजाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL