Logo

दशैं नजिकिँदै गर्दा सेयर बजारमा दोहोरो अंकको गिरावट, खुम्चियो कारोबार रकम

दशैं नजिकिँदै गर्दा सेयर बजारमा दोहोरो अंकको गिरावट, खुम्चियो कारोबार रकम



काठमाडौं । दशैं नजिकिँदै गर्दा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बुजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १० दशमलव ७५ अंकले घट्न पुगेको छ ।

दोहोरो अंकले घटेको बजारमा होटल र व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ५१ अंकले घट्न पुग्यो भने जीवन बीमा समुहको परिसुचकमा पनि ३७ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि दोहोरो अंकले घट्न पुगेको छ । बुधबार बैंकिङ समुहको परिसुचक १० दशमलव १२ अंकले घट्दा विकास बैंक साढे ११, माइक्रोफाइनान्स १० र जलविद्युत समुहको परिसुचकमा ११ अंकको गिरावट आएको छ ।

दोहोरो अंकले घटेको बजामार कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो हप्तासम्म दैनिक कारोबार १ अर्ब रुपैयाँ नाधेकोमा आज जम्मा ३७ करोड ४० लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा १ सय ६५ कम्पनीको १४ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भए ।

प्रतिक्रिया दिनुहोस्
MBL