Logo

पोखरामा खुल्यो स्याङयोङ गाडीको नयाँ शोरुम, एक्सचेन्ज देखि ५ लाखसम्म छुट सुविधा

पोखरामा खुल्यो स्याङयोङ गाडीको नयाँ शोरुम, एक्सचेन्ज देखि ५ लाखसम्म छुट सुविधा



काठमाडौं । स्याङयोङ गाडीको आधिकारिक विक्रेता आइएमएस ग्रुपले पोखरामा शोरुम संचालनमा ल्याएको छ ।

कम्पनीले मंगलबारदेखि उक्त शोरुम पोखराको बुद्धचोकमा संचालनमा ल्याएको हो । उक्त शोरुम संचालनमा ल्याएसँगै कम्पनीले ‘स्याङयोङ अनबिटेबल अफर’ ल्याएको छ ।

उक्त अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा ५ लाखसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्याम्संग ग्यालेक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत सुविधा पाउने बताइएको छ ।

कम्पनीका अनुसार गाडीहरुको खरिदमा ३ बर्षको वारेनटी, सुलभ इएमआई, १ बर्षको निशुल्क रोड ट्याक्स, १ बर्षको निशुल्क बीमा, ५ बर्ष निशुल्क सर्भिसिंग तथा निशुल्क २५ हजार रुपैयाँ पर्ने एसेसरिजहरु पनि उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL