Logo

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खस्कियो

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खस्कियो



काठमाडौं । आईतबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १० दशमलव ४७ अंकले घट्न पुगेको छ ।

दोहोरो अंकको घटेको बजारमा ब्यापार बाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ५८ अंकले ओरालो लाग्दा उत्पादनमुलक समुहको परिसुचकमा ३५ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि ९ दशमलव १८ अंकको गिरावट आएको छ । आईतबार जिवन बीमा समुहको परिसुचक १९ अंकले घट्दा विकास बैंक २२ र होटल समुहको परिसुचमा ३५ अंकको गिरावट आएको छ ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । गत हप्ता दैनिक कारोबार रकम १ अर्ब रुपैयाँभन्दा माथी पुगेकोमा आईतबार ५८ करोड रपैयाँमात्र खुम्चिएको छ । जसमा १ सय ६६ कम्पनीको २० लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भए ।

प्रतिक्रिया दिनुहोस्
MBL