Logo

सिजीको दशैतिहार अफर, ३६ प्रतिशत क्यास ब्याक दुई जनालाई थाईल्याण्ड घुम्ने अवसर

सिजीको दशैतिहार अफर, ३६ प्रतिशत क्यास ब्याक दुई जनालाई थाईल्याण्ड घुम्ने अवसर



काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले ‘यसपालीको चाडमा, सिजी लाग्यो घरघरमा’ उपहार योजना सार्वजनिक गरेको छ । सिजीले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै उक्त योजना सार्वजनिक गरेको हो ।

यस उपहार योजना अन्तरर्गत ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्ष सम्मको वारेन्टी तथा ३६ प्रतिशत क्यासब्याक लगायतका उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । सो अफर अन्तरर्गतनै हरेक हप्ता सिजीकै रेफ्रिजेरेटर, टेलिभिजन तथा बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर प्रदान गरिनेछ ।

योजना अन्तरर्गतनै ग्राहकले उक्त ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, ३६ प्रतिशत क्यासब्याक, ५.१ तथा २.१ स्पिकर प्राप्त गर्न सक्नेछन । ब्राण्डका रेफ्रिजेरेटरको खरिदमा भने ५ वर्षे वारेन्टी सहित २१ प्रतिशत क्यासब्याक लगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त गर्न सकिनेछ ।

त्यसतै वाशिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट् वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्ने छ । यो योजना सिमित अवधिका लागि असोज १० गतेबाट देशभर लागू गरेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL