Logo

कालिका पावरको आइपिओ बाँडफाँड, ११३१७७ आवेदकले पाए १० कित्ता सेयर

कालिका पावरको आइपिओ बाँडफाँड, ११३१७७ आवेदकले पाए १० कित्ता सेयर



काठमाडौं । कालिका पावरले निष्काशन गरेको प्राथमिक शेयर बाँडफाँड गरेको छ । कम्पनीले निष्काशन गरेको कुल ११ लाख ५१ हजार ७७० कित्ता प्राथमिक सेयर आज बाँडफाँड गरेको हो । आवेदकलाई १० कित्ताका दरले कम्पनीले आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आईपिओ बिक्री खुला गरेको थियो । जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

तर कर्मचारीलाई छुट्याइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै उक्त शेयर थप गरी बाँडफाँड गरिएको बिक्री गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL