Logo

दशैं लक्षित सस्तो सामानहरुको मेला बिहीबारदेखि सुरु हुँदै, ५ दिनसम्म चल्ने

दशैं लक्षित सस्तो सामानहरुको मेला बिहीबारदेखि सुरु हुँदै, ५ दिनसम्म चल्ने



काठमाडौं । दशैंको अवसरमा काठमाडौंमा सस्तो सामानको मेला ‘स्टक क्लियरेन्स’ मेला हुने भएको छ ।

बिहीबारदेखि आयोजना हुने उक्त मेलामा दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा विभिन्न सेवाहरु उपलब्ध हुनेछन ।

एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले इभेण्ट सोलुसन प्रालिको आयोजनामा मेला हुन लागेको हो ।
नेपाल चेम्बर अफ कमर्शको प्रवद्र्धनमा आयोजना हुने मेलाको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

हरेक बर्ष आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए ।

मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु रहने छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिने पनि आयोजकले जानकारी दिएको छ ।
मेला असोज १५ गतेसम्म चल्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL