Logo

फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ सम्पन्न, ७५ हजारले गरे अवलोकन

फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ सम्पन्न, ७५ हजारले गरे अवलोकन



काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ २०१८ को ७५ हजार बढीले अवलोकन गरेका छन ।

नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको उक्त एक्स्पो सोमबार सकिएको हो ।

दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भिड लागेको आयोजकको भनाई छ ।

एक्स्पोमा अधिकांस अवलोकनकर्ताले सामान बुकिङ पनि गरेका हुन । व्यापारका हिसावले ठुलो मात्रामा सामानको बुकिङ भएको संघका अध्यक्ष राजेशकाजी अग्रवालले जानकारी दिए ।

आयोजनाको व्यबस्थापक इभेण्ट सोलुसन प्रालिले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको जानकारी दिएको छ ।
स्वदेशी तथा विदेशी ब्राण्डका १ सय भन्दा बढी कम्पनीहरु एक्स्पोमा सहभागि थिए । नेपाली तथा अन्तरराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनीमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरणका साथै बुकिङ भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL