Logo

दिनभर उतारचढाव भएको नेप्सेमा सामान्य वृद्धि, ७० करोडको कारोबार

दिनभर उतारचढाव भएको नेप्सेमा सामान्य वृद्धि, ७० करोडको कारोबार



काठमाडौं । दिनभर उतारचढाव भएको नेप्से परिसुचक अन्तिममा सामान्य बढ्न पुगेको छ । बजार खुलेर केही समय सामान्य बढेर ओरालो लागेको नप्से परिसुचक अन्तमा २ दशमलव ६१ अंकले बढ्न पुगेको छ ।

दिनभर उतारचढाव भएको बैंक, विकास बैंक, फाइनान्स लगायतका समुहको परिसुचक सामान्य बढ्दा बीमा, लघुवित्त तथा उत्पादनमुलक समुहको परिसुचकमा भने गिरावट आएको छ ।

आईतबार कुनै पनि समुहको परिसुचक दोहोरो अंकले बढेन । तर, निर्जीवन बीमा समुहको परिसुचक ६२ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक २३ अंकले ओरालो लागेको छ ।

बजारमा दिनभर करिब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा १ सय ६७ कम्पनीको ५५ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भए । आईतबार सबैभन्दा बढी एनआईसी एसियाको ७ करोड रुपैयाँको सेयर कारोबार हुँदा संस्थापकतर्फ क्यापिटल मर्चेन्ण्ट बैंकको ६ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL