Logo

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भिड, ३ दिनमा ३० हजारले गरे अवलोकन

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भिड, ३ दिनमा ३० हजारले गरे अवलोकन



काठमाडौं । काठकाडौंमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को ३ दिनमा ३० हजार बढीले अवलोकन गरेका छन । असोज ४ गते बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ३० हजार जना अवलोकनकर्ताले अवलोकन गरेका आयोजकले जानकारी दिएको छ ।

यसका साथै दशैं तिहार तथा छठका कारण एक्स्पोमा मानिसहरुको डि लाग्ने गरेको आयोजकले बताएको छ । यसै उपलक्ष्यमा एक्स्पोमा हरेक प्रदर्शनकर्ताहरुले आफ्नो सामानमा विशेष छुट तथा आकर्षक उपहारको पनि आयोजना गरेका छन ।

प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको प्रदर्शनीमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण भैरहेको छ ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण बनेको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहेका कारण अवलोकनकर्ताको भिड लागेको एक्स्पोका संयोजक सुभेन्द्र जोशीले जानकारी दिए ।

एक्स्पो सोमबारसम्म चल्ने छ । सोमबार सम्ममा ५० हजार बढी अवलोकनकर्ता एक्स्पोस्थलमा पुग्ने आँकलन आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL