Logo

सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, प्रदर्शनीमा विश्वस्तरिय ब्रान्डका फर्निचर

सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, प्रदर्शनीमा विश्वस्तरिय ब्रान्डका फर्निचर



काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ २०१८ सुरु भएको छ । ५ दिनसम्म चल्ने उक्त एक्स्पो बिहीबारदेखि सुरु भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सुरु भएको उक्त एक्स्पोको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका हुन ।

एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएकोतर्फ जानकारी दिए । यस्तै नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चा पदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदन आग्रह गरेका थिए ।

५ दिनसम्म चल्ने एक्स्पोमा नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण पनि बताइएको छ ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने आयोजकले जानकारी दिएको छ ।

असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलमा फर्निचरजन्य उत्पादनको बृहत प्रदर्शनी भईरहेको

प्रतिक्रिया दिनुहोस्
MBL