Logo

दराज नेपालको पहिलो सेलर समिट सम्पन्न, दराजको कारोबारमा नविल बैंकले सहकार्य गर्ने

दराज नेपालको पहिलो सेलर समिट सम्पन्न, दराजको कारोबारमा नविल बैंकले सहकार्य गर्ने



काठमाडौं । अनलाइन बजार दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ ।

६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराज मार्फत हुने व्यवसायमा अहिलेको मोबाइल एपलाई आधुनिक बनाउने भएको छ । यहि सेप्टेम्बर २९ देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेताहरुलाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको हो ।

दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले आफ्ना बिक्रेताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्नका लागि नयाँ रणनिति अपनाउने बताईएको छ । दराजको आधुनिक प्रणालीमा आबद्ध गराउँदै ३ तहको नयाँ अवधारणाले बिक्रेताको क्षमता बढाउँदै सेवाग्राहीले उत्कृष्ट सेवा पाउने उनको भनाई रहेको छ ।

पहिलो तहमा बिक्रेतहरुलाई वस्तु तथा सेवा बिक्री गर्न दराजले विशेष रणनीति अख्तियार गर्नेछ । दोस्रो तहमा बिक्रेताहरुलाई रणनीति अनुसार अघि बढ्नका लागि आवश्यक उपकरणको व्यवस्था गर्ने र यसबाट दराजको सेवा सुधार गर्दै जाने र तेस्रो तहमा व्यवसायलाई परिमार्जन र लोकप्रिय बनाउनका लागि व्यवसायिक प्रकृयालाई चुस्त बनाउने योजनामा बिक्रेताहरुलाई समेटिने मिकल्सनले बताएका छन ।

प्रमुख कार्यकारी मिकल्सनले दराजका कारण मात्र नभई बिक्रेताको अधिक लगावका कारण व्यवसाय बिस्तारमा सफलता मिल्ने भन्दै बिक्रेताहरुलाई अनलाइनको अत्याधुनिक प्रणालीमा सहभागि गराउन लागिएको बताएका हुन ।

त्यसतै नबिल बैंकले अनलाइन बजार दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको सेलर समीटलाई सम्बोधन गर्दै दराजबाट हुने वस्तु तथा सेवाको कारोबारमा बैंकले भुक्तानीका लागि सहकार्य गर्ने बताएका हुन ।

समीटलाई सम्बोधन गर्दै शाहले बैंकबाट रकम भुक्तानीको व्यवस्था हुँदा दुवै संस्थाको व्यवसाय बिस्तारमा टेवा पुग्ने बताएका हुन । साथै उनले दराजका बिक्रेताहरुलाई बैंकले साना तथा मझौला व्यवसाय कर्जा उपलब्ध गराउने समेत बताएका छन ।

दराज एक्सप्रेसको सुरुवातसँगै दराज हबहरुबाट पनि प्रत्यक्ष रुपमा सेवा सुरु गरेर आफ्नो सेवा विस्तार गर्ने योजना समिटमा सार्वजनिक गरिएको छ । यसका साथै आगामी नोभेम्बर ११ मा दराजले नेपालमै पहिलो पटक विशेष अफरहरु सहित ११ः११ सेल सञ्चालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL