Logo

लुम्बिनी मेट्रोले ल्यायो अशोक लेलैण्डका ५ वटा बस संचालनमा, मङसीरबाट थप ३० वटा पुर्याइँदै

लुम्बिनी मेट्रोले ल्यायो अशोक लेलैण्डका ५ वटा बस संचालनमा, मङसीरबाट थप ३० वटा पुर्याइँदै



काठमाडौं । लुम्बिनी मेट्रोले अशोक लेलैण्डका ५ वटा बस संचालनमा ल्याएको छ । एक करोड रुपैयाँ चुक्ता पूँजीबाट संचालनमा ल्याएको उक्त बसहरुले पहिलो चरणमा बुटवलबाट बेलहिया, लुम्बिनी, वर्दघाट, तौलिहवा र कृष्णनगरमा सेवा दिने कम्पनीले जानकारी दिएको छ ।

साथै मङसीरबाट थप ३० वटा बस संचालनमा ल्याई प्रदेश नम्बर ५ का सबै जिल्ला र काठमाडौं, पोखरा, विराटनगर तथा काकरभिट्टा सम्म सेवा विस्तार गर्ने भएको छ ।

बसको भाडा भने सरकारले तोके बमोजिम एसी डिलक्सको भाडादर विनियोजन गरिने कम्पनीले जानकारी दिएको छ । बसको साँचो हस्तान्तरण कार्यक्रममा बोल्दै आईएमई मोटर्सका प्रमुख अधिकृत सुरज भटराईले नेपालमा अशोक लेलैण्डको माग बढीरहेको बताए ।

सुविधा सम्पन्न उक्त बसहरुममा एसी, सीसी टिभी, डिजीटल डिस्प्ले लगायतका सुविधाहरु रहेका छन । साथै सो बसमा विद्यार्थीलाई ४५ प्रतिशत र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत तथा क बर्गका अपाङ्गलाई निःशुल्क छुट दिईने संचालक कर्ण बहादुर केसीले जानकारी दिएका छन ।

उनले नेपालमा सबै भन्दा बढी सीट क्षमता भएको सिटी बस संचालनमा ल्याएर सरकारको मास ट्रान्सपोटेशन नितिलाई अगाडी बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL