Logo

सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस अफर, लक्की ड्र विजेताले १२ लाख पाउने

सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस अफर, लक्की ड्र विजेताले १२ लाख पाउने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले ‘९० दिने लखपति एक्सप्रेस’ योजना सार्वजनिक गरेको छ ।

प्रालिले नजिकिँदै गरेको चाडलाई मध्य नजर गर्दै उपभोक्ता माझ सो योजना ल्याएको हो । योजना अन्तरर्गत ९० दिन भित्र सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो योजनामा सहभागी हुने पाउनेछन ।

प्रालिको यस योजना अन्तरर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १२ जनाले २ सय रुपैयाँको मोबाइल टपअप जित्नेछन भने साप्ताहिक रुपमा ३ जनाले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनाले १ लाख रुपैयाँ पाउनेछन ।

उपहार योजनाको अन्त्यमा बम्पर उपहार स्वरुप प्रालि १२ वर्ष प्रवेश गरेको अवसरमा एक जनाले १२ लाख रुपैयाँ पाउने भएको छ ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने पाउनेछन । यो योजना असोज १ देखी मङसिर २९ गते सम्म लागु हुनेछ ।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा १ हजार १ सय २० जना उपभोक्ताहरु विजेता हुनेछन । योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने प्रालिले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL