Logo

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, के गर्लान कंसाकार ?

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, के गर्लान कंसाकार ?



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकोे कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैंठकले उनलाई निमगको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

खरेललाई शुक्रबार मात्रै मन्त्रिपरिषद्को बैंठकले निगम संचालक समितिमा नियुक्त गरेको थियो । खरेल यस अघि निगमको महाप्रबन्धक भएर राजीनामा दिएका थिए । उनले २०७१ सालमा कर्मचारी युनियनका कारण काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएका थिए ।

मन्त्रिपरिषद्ले खरेललाई नेपाल वायुसेवा निगम ऐन दफा ४ मा भएको प्रबधान अनुसार निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकार कार्यरत रहेकै अवस्थामा खरेलाई निमगको कार्यकारी अधिकार दिने गरी अध्यक्षमा नियुक्त गरेको हो ।

शुक्रबार मन्त्रिपरिषद्ले खरेललाई संचालकमा मात्र नियुक्त गर्दा आफुले राजीनामा नदिने र आफ्नो कार्यकालभरी काम गर्ने भन्दै निगमका ट्रेड युनियनहरुलाई म्यासेज समेत पठाएका थिए । तर, आज बसेको मन्त्रिपरिषदको बैंठकले उनको अधिकार कटौती हुनेगरी खरेललाई अध्यक्ष नियुक्त गरेको छ । यससँगै अबका दिनमा कंसाकारलाई नियमका महाप्रबन्धकको कार्यकारी भुमिकामा रहेर काम गर्न कठिन हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL