Logo

नाडा अटो शोः आकर्षणमा हुन्डाइकोे ‘ईभी इलोक्ट्रोनिक’ कार, यस्ता छन् विशेषता

नाडा अटो शोः आकर्षणमा हुन्डाइकोे ‘ईभी इलोक्ट्रोनिक’ कार, यस्ता छन् विशेषता



काठमाडौं । नाडा अटो शोमा हुन्डाई कम्पनीले नेपालमै पहिलोपल्ट भित्र्याएको हुन्डाईको इलेक्ट्रिकल कारमा अवलोकनकर्ताको आकर्षण बढेको छ । हुण्डाईले नेपाली बजारमा भित्र्याएको ईलेक्ट्रोनिक कार आयोनिकमा अन्य गाडीहरुको तुलनामा अवलोकर्ताहरु बढी घुईँचो देखिन्छ ।

 

अटो शोमा आएका अवलोकनकर्ताहरु सो कारमा एक पटक नजर लगाएर सोको बारेमा बुझेर जाने गरेको हुन्डाई नेपालका हेड मार्केटिङ एण्ड कम्युनिकेशन आवासिष ओझाले जानकारी दिए । उनका अनुसार नयाँ फिचर तथा अत्याधुनिक प्रविधियुक्त उक्त गाडीको अवलोकनका लागि सर्वप्रथमत सो गाडी नै सबैको आकर्षणमा परेको छ ।

यस्तै कम्पनीले शोका लागि राखेको अन्य ईलाईट आई २०, ग्रान्ड आई १०, क्रेटा तथा आई २० एक्टिभ लगायतका गाडीहरु छन् । उक्त गाडीहरुको मूल्य १८ लाख ९६ हजार देखि ५८ लाख ५६ हजार राखेको छ ।

साथै कम्पनीले आफ्ना गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि फाइनान्स सुविधा प्रदान गर्न एभरेस्ट बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौं तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग सहकार्य गर्दै ३५ प्रतिशत डाउनपेमेन्टमा उपलब्ध गराउँदै आएको छ ।कम्पनीले नाडा अटो शो भरी आफ्ना गाडी बुकिङ गर्र्ने ग्राहकलाई दशैं तिहार अफरका साथै अन्य नगद छुटको पनि व्यबस्था गरेको छ ।

आयोनिक ईलेक्ट्रोनिक

कम्पनीले अटो शोमा राखेको यो गाडीमा अवलोकनकर्ताहरुको चाप बढ्दो छ । अटोनोमस ईमर्जेन्सी ब्रेकिङ सिस्टम रहेको उक्त गाडीमा २८ किलोहर्जको लिथियम आयोन पोलिमर व्याट्रिको प्रयोग गरिएको छ । व्याट्रिलाई एकपटक फुल चार्ज गर्दा २ सय ८० किलोमिटर गुड्ना सक्दछ ।

कुल ५२ लाख ९६ हजार पर्ने सो गाडी खरिदमा विभिन्न बैंकहरुको फाईनान्स सुविधा लिँदै ३५ प्रतिशत डाउनपेमेन्ट तिरेर लिन सकिन्छ । सवारी कर्जामा एभरेस्ट बैंकले ९ दशमलव ९९ प्रतिशत र स्टयान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव ४९ प्रतिशत ब्याजदर तोकेका छन ।

ioniq-EV

ईयोन

हुण्डाईले अटो शोमा राखेकोमध्ये सबैभन्दा सस्तो मानिएको उक्त गाडी १८ लाख ९६ हजारमा खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार उक्त गाडीमा पनि एभरेस्ट बैंक तथा स्ट्यान्डर्ड चार्टड बैंकले फाईनान्स सुविधा दिनेछन । जसका लागि ३५ प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ ।


आई २० एक्टिभ

४ ओटा मुख्य रङमा उपलब्ध उक्त गाडी कम्पनीले ३४ लाख ५६ हजार देखि ४२ लाख ९६ हजार सम्म मूल्यमा उपलब्ध गराउँछ । जसमा पार्किङ गाईडलाईनका साथै अटोमेटिक खुल्ने तथा बन्द हुने झ्याल रहेको छ । साथै यस गाडीको लागि पनि फाईनान्स सुविधा एभरेस्ट बैंक तथा बैंक अफ काठमाडौंले गर्नेछन । यसमा पनि अन्य गाडीहरु जस्तै दशैं अफरका साथै नगद छुटको व्यबस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

क्रेटा

नाडा अटो शोमा हुण्डाले प्रदर्शनीमा राखेको कारमध्ये दोस्रो रोजाईमा क्रेटा परेको छ । ५८ लाख ५६ हजार रुपैयाँ मूल्य तोकिएको सो कार १ हजार ५ सय ८२ सीसीमा उपलब्ध छ । जसमा डिजेल ईन्जिनको प्रयोग गरिएको छ । स्मार्ट ईलेक्ट्रिक सनरुफ भएको सो गाडीमा ईलेक्ट्रोक्रोमिक मिरर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL