Logo

छैंटौं रुस्लान फुड एण्ड वेभेरेज मेला २०१८ काठमाडौंमा हुँदै, २ सय कम्पनीको सहभागिता

छैंटौं रुस्लान फुड एण्ड वेभेरेज मेला २०१८ काठमाडौंमा हुँदै, २ सय कम्पनीको सहभागिता



काठमाडौं । छैंटौं रुस्लान फुड एण्ड वेभेरेज हस्पिटालिटी प्रदर्शन २०१८ हुने भएको छ ।

हाउस अफ राजकर्णिकारद्वारा आयोजित उक्त प्रदर्शनीमा खानाका परिकार तथा पेय पदार्थ विशेष रहने आयोजकले जानकारी दिएको छ ।
काठमाडौंका भृकुटीमण्डपमा यही असोज १३ गते देखी १५ गते सम्म ३ दिन चल्ने सो मेलामा होट्रीमाइ र आर्कीसँगको सहयोगमा उक्त मेला आयोजना गरेको हो ।

उक्त मेलामा करिब ४० हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा रहेको छ । करिब २ सय कम्पनीहरु सहभागि हुने सो मेलामा १ सय ४१ वटा स्टल रहनेछ । ३ दिन चल्ने सो मेलामा अन्रक्रियात्मक कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ ।

मेलामा स्न्यिाक प्रिभ्यु मोकटेल र रिटेलेर्स मिमोसा ब्रेकफास्ट रिसेप्सन समेत हुने आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL