Logo

एनआईसी एशियाको चमत्कारिक कर्जा, सवारी र आवासमा लागू

एनआईसी एशियाको चमत्कारिक कर्जा, सवारी र आवासमा लागू



काठमाडौं । एनआईसी एशिया बैंकले ‘चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गाकर्जा’ सार्वजनिक गरेको छ । ‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ बैैकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले सहज, सवल, गतिशिल, विश्वासनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सो योजना संचालनमा ल्याएको हो ।

बैंकले ल्याएको चमत्कारिक सवारी कर्जा मार्फत ‘एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नारा अन्तरर्गत नयाँ गाडी लिन वा पूराना सवारी साधन एक्सचेन्ज गर्दा तत्कालै कर्जा स्वीकृति हुने, १५ बर्ष सम्मको कर्जा भुक्तानी अवधि हुनेछ । साथै सवारीको मूल्य अनुसार मासिक ११ हजारबाट किस्ता सुरु भई मासिक ब्याजदर शुन्य दशमलब ९ प्रतिशत रहने लगायतका सुविधा रहेका छन ।

त्यस्तै चमत्कारिक घर जग्गाकर्जा अन्तरर्गत ५० बर्ष सम्मको कर्जा भुक्तानी अवधि रहने, आंशिक वा पूर्ण रुपमा विनाकुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता रभुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर शुन्य दशमलब ९ प्रतिशत रहने तथा प्रशासनिक सेवा शुल्कमा विशेष छुट रहेका छन । यो सेवा बैंकका सबै शाखामार्फत उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ४४ शाखा, २ सय ३८ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १८ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको वासलातको आकार १ अर्ब ८८ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
बैंकको कर्जा भने १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL