Logo

दोहोरो अंकले बढ्यो नेप्से परिसुचक, कारोबार रकममा पनि सुधार

दोहोरो अंकले बढ्यो नेप्से परिसुचक, कारोबार रकममा पनि सुधार



काठमाडौं । बुधबार नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा १३ अंकले बढ्न पुगेको हो ।

दोहोरो अंकले बढेको बजारमा प्रायःजसो समुहको परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १ सय १३ अंकले बढ्न पुगेको छ । गत हप्तादेखि उकालो लागेको बैंकिङ समुहको परिसुचकमा पनि सोही अनुरुपको बृद्धि रहेको छ । बुधबार बैंकिङ समुहको परिसुचक १४ अंकले बढेको छ ।

यसैगरी बजारमा माइक्रोफाइनान्स, विकास बैंकलगायतका समुहको परिसुचक पनि उकालो लागेका छन् । तर, दोहोरो अंकले बढेको बजारमा होटल, फाइनान्स र उत्पादनमुलक समुहको परिसुचकमा भने सामान्य गिरावट आएको छ ।

बुधबार बजारमा कारोबार रकममा पनि सुधार आएको छ । दिनभर ४३ करोड २९ लाख रुपैयाँको सेयर खरिदबिक्री भए । जसमा १ सय ६५ कम्पनीको १३ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी एनआईसी एसिया बैंकको सेयर खरिदबिक्री भएको छ । एनआईसी एसियाको ४ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार हुँदा दोस्रोमा ग्लोबल आईएमई बैंकको ३ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL