Logo

लगातार ओरालो लाग्दै नेप्से, कारोबार रकमले पनि छाड्दै साथ

लगातार ओरालो लाग्दै नेप्से, कारोबार रकमले पनि छाड्दै साथ



काठमाडौं । सोमबार नेप्से परिसुचकमा करिब दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजारमा अन्तमा ८ दशमलव १० अंकले घट्न पुगेको छ ।

अघिल्लो हप्ता बजारमा केही रौनकता देखिएको बजार यो हप्ताको सुरु देखि नै घट्न थालेको छ । केही लगानीकर्ताले बजार १ हजार २ सय ५० को बिन्दु छोएर ओरालो लाग्ने आकलन गरेपनि सोभन्दा लतबाटै वियरिसतर्फ मोडिएको छ ।

बजारमा नेप्से परिसुचकका साथै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । गतहप्ताको अन्तिम दिन करिब ८० करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार २७ लाख ७४ हजार रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । सोमबार हाथवे फाइनान्सको करिब ३ करोड रुपैयाँको संस्थापक सेयर समायोजन हुँदा सो बराबरको कारोबार भएको हो । यो हप्ता बजारमा कारोबार रकममा उच्च गिरावट आएको छ ।

८ अंकले घटेको बजारमा सबैजसो समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसचक ५९ अंकले घट्न पुगेको छ भने जीवन बीमा समुहको परिसुचकमा पनि २० अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैकिङ समुहको परिसुचकमा करिब १० अंकले ओरालो लाग्दा होटल समुहको परिसुचक १० अंकले घट्दा विकास बैंक र जलविद्युत समुहको परिसुचक पनि सोही अनुरुप घट्न पुगेका छन् । तर, घट्दो बजारमा उत्पादनमुलक र माइक्रोफाइनान्स समुहको परिसुचकमा भने दोहोरो अंकको बृद्धि भएको छ ।

दिनभर कुल १ सय ६२ कम्पनीको ११ लाख ५९ हजार कित्ता सेयर कारोबार भए । जसमा ३ कम्पनीले मात्र १ करोडको लक्ष्य भेटाउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL